TodayPati

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

टुडेपाटी–
दाङ, कात्तिक ९ गते ।

प्रहरीले दाङको लमहीमा १६ दिने आफ्नै नवजात शिशु, छोरीको हत्या प्रयास गरेको आरोपमा आमालाई पक्राउ गरेको छ ।

लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधवार दिउँसो आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।

Sponsored

घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको भन्ने कुरा आएको भन्दै एसपी केसीले भने ‘१६ दिने शिशुको घाँटीमा चक्कुले काटेको खत छ र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी छ।’

शिशुको अवस्था गम्भीर रहेको उनले बताए । जिल्लामा उपचार सम्भव नभएपछि बुधबार नै शिशुलाई बुटवल रिफर गरिएको थियो।

प्रहरी नियन्त्रणमा रहेकी आमाले मानसिक स्वास्थ्यमा समस्या देखिएको जस्तो व्यवहार प्रदर्शन गर्ने गरेको कुरा आएको एसपी केसीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *