धनुषाको सबैलामा टिकटक स्टार प्रिती पासवान नच्दै गरेको मञ्चमा ढुंगामुढा,केही घाइते
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ६ गते ।
धनुषाको सबैलामा आयोजित सांस्कृतिक कार्यक्रममा ढुंगामुढा भएको छ । दशमीको अवसरमा आयोजित संस्कृतिक कार्यक्रममा नृत्य गर्न पुगेकी टिकटकस्टार प्रिती पासवानसहितका कलाकारमाथि ढुंगामुढा भएको हो ।
युवाहरुले होहल्ला गर्न थालेपछि प्रहरीले कार्यक्रम बन्द गराउन खोजेपछि ढुुंगामुढा गरेका छन् । प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
स्रोतका अनुसार ढुंगामुढाबाट प्रिती पासवानसहितका कलाकारलाई चोट लागेको छ । हुलदंगापछि कलाकार पासवान चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । ढुंगामुढा र प्रहरीको लाठी चार्जबाट पनि आधा दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् । चारजना प्रहरी र केही स्थानीय घाइते भएको सबैलाका मेयर कारीराम यादवले बताए ।
धनुषाका डिएसपी रञ्जन अवाका अनुसार प्रहरीले कलाकारहरुलाई सुरक्षित स्थानमा लगेका छन् । अहिले प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयासमा छन् ।
Sponsored