जनकपुरको राजदेवी मन्दिरमा १५ हजार २५१ बोका बलि
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ६ गते ।
जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली प्रदान गरिएको छ । राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको थियो ।
महाअष्टमीको साँझ राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय संख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले लिएको थियो ।