TodayPati

प्रदेश २ मा क्वारेन्टाइन बिस्तार र लकडाउन प्रभावकारी बनाउने

टुडेपाटी-
जनकपुरधाम, बैशाख ३१ गते ।

प्रदेशमा कोरोना सन्क्रमितको संख्यामा एक्कासी वृद्धि भएपछी प्रदेश सरकारले लकडाउन लाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।


आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव को अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउन लाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई गर्ने , सिमापारिको ओहोरदोहोर लाई निरुत्साहित गर्न प्रचार प्रसार लाई तिब्र बनाउने सहित को निर्णय गरेको हो ।

Sponsored


बैठक ले सिमा पारी रहेको नेपाली नागरिक लाई स्वदेश ल्याउने सम्बन्धमा आबश्यक कार्यबिधी बनाई दिन सङ्घ सरकारलाई आग्रह गर्ने र उनी हरुलाई स्वदेश ल्याउनु पर्ने अबस्थाका लागि प्रत्येक जिल्लामा थप तीन।तीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए ।
यसका साथै बैठक ले कोरोना महामारी नियन्त्रण का लागि सङ्घ सरकार सङ्ग थप बजेट माङ्ग गर्ने निर्णय समेत गरेको छ ।


बैठक मा प्रमुख सचिब अर्जुन पोखरेल,मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकार का बिभिन्न मन्त्रालय का सचिव हरु, सुरक्षा निकायका प्रमुख हरु, धनुषा र महोत्तरी का प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *