बागमती नदीमा नुहाउने क्रममा रौतहटका एक बालकको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, कार्तिक ५ गते ।
रौतहट र सर्लाहीको सीमा भएर बग्ने बागमती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका ९ का बिरेन्द्र दासका ११ वर्षीय छोरा गौतम दासको मत्यु भएको हो ।
आइतबार दिउँसो १२ बजेको समयमा घर नजिकै रहेको कालिमन्दिर घाट बागमती नदीमा एकलै नुहाउने क्रममा पानीमा डुबेका थिए । स्थानीयले तत्कालै उद्धार गरी उपचारको लागि गौर अस्पतालमा पठाइएको थियोे ।
प्रादेशिक अस्पतालको इमर्जेन्सी सेवामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।