नेपाललाई भारतद्वारा ९५ हजार टन चामल मात्रै निर्यातको अनुमति
टुडेपाटी-
काठमाडौं, कार्तिक ५ गते ।
नेपालसहित सात देशका लागि भारतले करिब १० लाख टन गैरवासमती चामल निर्यात गर्न अनुमति दिएको छ।
यसअन्तर्गत नेपाललाई झन्डै सबैभन्दा कम अर्थात ९५ हजार टन चामल प्राप्त हुने छ।
अफ्रिकाको सबैभन्दा सानो आकारको र करिब १ लाख भन्दा बढि जनसंख्या भएको सेसेल्सलाई नेपाललाई भन्दा कम अर्थात ८०० टनको कोटा छुट्याएको छ।
नेपाल,क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्समा १० लाख टन भन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको हो।
वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो।
Sponsored
क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन छुटएको जनाको छ।
भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरवासमती सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाएको थियो।