TodayPati

बाजागाजासहित राजदेवी मन्दिरमा भित्र्याइयो फूलपाती

टुडेपाटी–
जनकपुरधाम, कार्तिक ४ गते ।

बाजागाजासहित जनकपुरधामको राजदेवी मन्दिरसहित शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको छ।

दसैँको सातौ दिन शनिबार राजा जनकको कुलदेवीको रुपमा चिनिने राजदेवी मन्दिरसहितका शक्तिपीठहरुमा फूलपाती भित्र्याइएको हो।

Sponsored

सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ।

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निष्केको भक्तजनहरूको समूहले शक्तिपीठभन्दा नजिक रहेका बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *