TodayPati

जानकी मन्दिरमा ६२ वर्षदेखि अनवरत ‘सिताराम’ भजन

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, कार्तिक ४ गते ।

‘‘सिताराम सिताराम, सिताराम जय सिताराम’’
विश्व प्रसिद्ध जानकी मन्दिभित्र प्रवेश गरेपछि मूल मन्दिरको उत्तरछेउबाट यो जपको मधुर आबाज आउँछ । भजनको गुञ्जयमानले दर्शनार्थी मनमुग्ध हुन्छन् । उत्तर तर्फ नियाल्दा, देख्न सकिन्छ साधुसन्तले लोढलक, हारमोनिया र झाइल तालमा गाउँदै गरेको ‘सिताराम सिताराम’ भजन ।
सिताराम भजन एक क्षण नबिराई निरन्तर ६२ वर्षदेखि भइरहको भन्दा अचम्म लाग्न सक्छ । तर, यो कुरा सही हो । त्यसैले यो भजन किर्तनको नाम दिइएको छ ‘आजन्म खण्ड, श्री सिताराम महायज्ञ’ यो कुरा भजन भइरहेको अघिल्लोतिर भित्तामा झुण््याइएको बोर्डमा उल्ले छ । बोर्डमा सन् १९६१ विक्रम सम्वत २०१८ सालमा सुरु भएको पनि उल्लेख गरिएको छ ।

तत्कालिन जानकी मन्दिरका महन्त रामशरण दासलेले सितारम भजन २०१८ वैशाख १ गते सुरु गरेका थिए । त्यस बेलादेखि निरन्तर २४ घण्टा अहिलेसम्म सो यज्ञ नबिराइ चलिआएको मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन् ।

Sponsored

सिताराम भजन विभिन्न टोलि बनाएर गर्ने गरिएको छ । भजनमा खास गरी ५० कटेका साधुशन्तको टोलि छन् । अहिले १२ जना साधुशन्तको छुट्टा छुट्टै ४ वटा टोलि रहेको भजनमा सहभागी शन्त सर्लाहीको ईश्वरपुर नगरपालिका बैलबासका ५७ वर्षीय रामएकवाल चौधरी बताउँछन् ।

‘म चार वर्षदेखि यो भजनमा सहभागी छु । हामी १२ जनाको ४ वटा टोलि छ । हामम्रो पालो ३ घण्टा दिउँसो र ३ घण्टा राति हो’ उनी भन्छन् ’ उनी भन्छन् ’ सीताराम भजनकिर्तनले आत्मालाई शान्ति अनुभुति हुन्छ ।

रामनाम जपलाई सबैले आ आफ्नो तरिकाले विश्लेषण व्याख्या गर्ने गर्दछन् । कसैले व्यक्तिगत कल्याण चाहेपनि संसारका सबै प्राणीको कल्याण यस अखण्ड सिताराम महायज्ञको मूल उद्देश्य रहेको ३ वर्षदेखि मन्दिरमा भजनमा सहभागी शन्त महोत्तरीको भंगहा नगरपालिका ४ रामनगर विर्ताका देव सुन्दर महतोको भनाइ छ ।

Sponsored

’संसारको कल्याणकै लागि यो किर्तन चलिरहेको छ । सबैको कल्याण होस् भन्ने यो अखण्ड सिताराम महायज्ञको उद्देश्य हो । यसमै अब म आफ्नो बाँकी जीवन अर्पण गर्छु, महतो भन्छन् ।

सीताराम महायज्ञले जनकी मन्दिरको गरिमालाई झन् बढाएको छ । अखण्ड सिताराम भजन विश्वमा आफ्नो फरक पहिचान कायम गर्न सफल अनौठो कृति भएको बाल्यकालदेखि निरन्तर जानकी मन्दिरमा पूजाअर्चना गर्न आउने ५७ वर्षीय प्रमोदानन्द झा बताउँछन् ।

’ म दिनहु दर्शन पूजाअर्चना गर्न आउने गर्छु । बाल्यकालदेखि अनवरत रुपपमा २४ घण्टा सिताराम भइरहेको देख्छु । मलाई लाग्छ यो विश्वकै अनौठो कृति हो’ उनी विश्वास व्यक्त गर्छन् ’कलयुगमा भजनकिर्तनको धेरै प्रभाव हुन्छ । सतयुगमा जपतन्त्रको थियो । यसले सबै पक्षबाट कल्यानै गर्छ । विश्व, समाज र व्यक्ति सबैलाई कल्याण गर्छ ।’

सिताराम महायज्ञको आफ्नो बेग्लै सांस्कृतिक महत्व तथा मौलिकता रहेको छ । सीताराम नाम भजन सुन्नाले धार्मिक सहिष्णुता बढ्ने,धर्मको प्रचारहुने , आत्मासुद्धिसंगै मनोमान्छित फल प्राप्त हुने विश्वास मन्दिरका सहमहन्त रामरोशन दासको छ ।

’सीताराम जसले पाप क्षय हुन्छ । मानव जीवनलाई शिक्षा प्रदान गर्छ । मनोवृति चित्रलाई सफा गर्छ । रामनाम साधनाको पहिला सिढी हो’ उनी भन्छन् ।
‘कलियुग केवल नामही आधारा, सुमरि सुमरि भर उतरिही पारा’’रामायणमा उल्लेख गरिएको पंक्ति भन्दै सह महन्त दास भन्छन् ’यो संंसाररुपी भवसागर पार गर्न रामरुपी गंगामा स्नान गर्नैपर्छ । यो उदेश्यसहित सिताराम भजन अखण्ड किर्तन चल्दै आइरहेको छ, निरन्तर चलिनै रहन्छ ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *