TodayPati

भारतको दबाबपछि क्यानडाले फिर्ता बोलायो ४१ जना कूटनीतिज्ञ

एजेन्सी–
काठमाडौं, कात्तिक ३ गते ।

भारतको दबाबपछि क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ ।

क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले शुक्रबार यसको पुष्टि गरेकी छन् ।

Sponsored

१८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई देशको सम्बन्ध बिग्रिएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।

विदेशमन्त्री जोलीका अनुसार भारतले शुक्रबार अर्थात अक्टोबर २० पछि २१ कूटनीतिज्ञ र उनीहरूका परिवारबाहेक सबै क्यानाडाली कूटनीतिज्ञहरूलाई अनैतिक रूपमा भारतबाट हटाउन दबाब दिएकोले क्यानडाले यस्तो निर्णय गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *