म को हुँ तिम्रो ? (कविता)
लेखक: राजिव झा (धनुषा, नेपाल)
तिमी गीत,
तिमी संगीत,
तिमी हौ मेरो मनको मित !
तिमी सुर,
तिमी ताल,
तिमी हौ मेरो लागि तराई, पहाड, हिमाल !
तिमी रंग,
तिमी होली,
तिमी हौ मेरो दिवालिको रंगोली !
तिमी धर्म,
तिमी इमान,
तिमी हौ मेरो गीता, बाइबल, कुरान !
तिमी हावा,
तिमी बतास,
तिमी हौ मैले लिने हरेक स्वास !
Sponsored
तिमी जुन,
तिमी तारा,
तिमी हौ मेरो लागि आकाशगंगा सारा !
तिमी समुद्रको लहर,
तिमी सपनाको शहर,
तिमी हौ मेरो सम्पूर्ण रहर !
तिमी उदाएको घाम,
तिमी मैले पाएको इनाम,
तिमी नै हौ मेरो जिन्दगि तमाम !