TodayPati

प्रदेश २ मा ९६ कोरोना संक्रमित

टुडेपाटी-
जनकपुरधाम, बैशाख ३१ गते ।

प्रदेश २ मा हालसम्म देशकै सबैभन्दा बढी ९६ जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

नेपालमा हालसम्म २१९ जना कोरोनाभाइरस संक्रमित फेला परेकोमा ९६ जना प्रदेश २ कै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sponsored

मन्त्रालयका अनुसार यसमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । प्रदेश अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।

आज कपिलवस्तुका २२ वर्षीय पुरुष र बाँके जिल्लाका ३६ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ ।

यता, बुटवलमा उपचारका क्रममा रहेका २५ वर्षीय पुरुष ११ औँ दिनमा चितवनमा ६३ वर्षीया महिला २६ औँ दिनमा डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *