TodayPati

मधेश प्रदेशः प्रथम वीरगञ्ज गोल्डकप २०८० को आयोजना हुँदै

टुडेपाटी–
वीरगन्ज, कार्तिक २ गते ।

मधेश प्रदेशकै सबैभन्दा बढी नगद राशी पुरस्कारको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता वीरगन्जमा आयोजना हुने भएको छ ।

भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा कार्त्तिक १८ गतेदेखि ‘प्रथम वीरगन्ज गोल्डकप २०८०’आयोजना गर्न लागेको हो ।

Sponsored

प्रतियोगिताबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सबिन बस्नेतले कार्त्तिक १८ देखि कात्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमले भाग लिने जानकारी गराए ।

प्रतियोगतामा त्रिुभवन आर्मी क्लब ,नेपाल पुलिस क्लब ,संकटा क्लब ,चर्च ब्वाइज युनाइटेड, झापा एफसी आयोजक वीरगन्ज भेट्रान सिटी क्लब तथा भारत कोलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टिमले भाग लिने छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

Sponsored

वीरगन्जमा विगत पाँच वर्षपछि अन्र्तराष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव पंकज श्रेष्ठले बताए ।

वीरगन्जको आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले बताए । सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क २ सय रुपैयाँ राखिएको जानकारी उनले गराए ।

प्रतियोगिता आयोजनास्थल आदर्शनगर रंगशालाको दर्शक क्षमता १० हजार रहेकामा प्रतियोगिताकै लागि भनेर ३ हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको जानकारी श्रेष्ठले दिए ।

फाइनल खेलको अघिल्लोदिन कार्तिक २४ गते नेपाल र भारतको महिला फुटबल टिमबिच मैीपूर्ण खेलपनि हुने उनले जाानकारी गराए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *