मधेश प्रदेशः नालामा डुबेर बालकको मृत्यु
टुडेपाटी–
सर्लाही, कार्तिक १ गते ।
नलाको पानीमा डुबेर सर्लाहीमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गोडैता नगरपालिका ७ बस्ने ईसाफ मन्सुरका २ वर्षीय छोरा मस्तकिम मन्सुरको खेल्ने क्रममा घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
नालामा डुबेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।
पोष्टमार्टमपछि शव परिवारजनले बुझेको प्रहरीले जनाएका छन् ।
Sponsored