मधेश प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा. साह नियुक्त
टुडेपाटी–
जनकपुरधाम, असोज ३० गते ।
मधेश प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सोहन साहलाई नियुक्त गरेको छ ।
गत असोज १६ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मधेश प्रदेश नीति आयोगको गठन तथा कार्य सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ग) बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।
करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका डा. साह भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेका हुन् ।
Sponsored