मधेश प्रदेशः प्रभु साहकी पत्नीको मेयर पद गयो
टुडेपाटी–
काठमाडौँ, असोज ३० गते ।
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ ।
निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा साह नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो ।
अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् ।
साह आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।
Sponsored