TodayPati

जनकपुरका एकजना पत्रकारसहित पुस्तक सञ्चालकमा कोरोना पुष्टि, उक्त क्षेत्र सिल गर्दै प्रशासन

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, बैशाख ३१ गते ।

जनकपुरका एकजना पत्रकार र एकजना पुस्तक पसल सञ्चालकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति पुष्टि गरेको जनकपुरका ४० वर्षीय पुरुष पत्रकार र महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरमै पुस्तक पसल सञ्चालक रहेका छन् ।

उनी दुबैजना बस्ने जनकपुरको शिवचोक क्षेत्र र जनकपुर उपमहानगरपालिका ४ को पिडरिया माइस्थान क्षेत्र सिल गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको छ ।
दुबैजनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

Sponsored

महोत्तरीका ३५ वर्षीय पुरुष हाल जनकपुरधाम उपमहानगरपालिका ४ पीडरियामाइथान नजिक बसेर जनकपुरको शुकरबारी बजार नजिक पुस्तक पसल सञ्चालक गर्दै आइरहेका छन् । संक्रमित पत्रकार र ती पुस्तक सञ्चालक प्रायः नियमित भेटघाट हुने गरेको थियो । उनीहरुलाई कोरोना संक्रमण कहाँबाट भयो भन्ने कुरा खुलेको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “जनकपुरका एकजना पत्रकारसहित पुस्तक सञ्चालकमा कोरोना पुष्टि, उक्त क्षेत्र सिल गर्दै प्रशासन

Leave a Reply

Your email address will not be published. Required fields are marked *