TodayPati

मान्छे मार्ने बघिनीको पर्सा निकुञ्जको खोरमा मृत्यु


टुडेपाटी-
जनकपुरधाम, असोज २९ गते ।

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको नरभक्षी बघिनीको मृत्यु भएको छ । ठोरी गाउँपालिका वडा नं ५, सुवर्णपुरबाट ‘डार्ट’ गरी पर्सा निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये एउटा बघिनीको मृत्यु भएको हो ।

सो बघिनीले गत भदौ १३ गते सुवर्णपुरमा दिउँसो ४ बजे कान्छालाल दोङको ज्यान लिएको थियो । मानिसको ज्यान लिएपछि उक्त बघिनीलाई नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको थियो ।

Sponsored

बिहीबार बिहान खोरको निरीक्षण गर्न पुगेका निकुञ्जकर्मीले उक्त बघिनीलाई मृत फेला पारेको निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *