TodayPati

धनुषा र महोत्तरीका चारै संक्रमितलाई जनकपुर ल्याइदै, उक्त क्षेत्रहरु सिल गर्ने तयारी

टुडेपाटी-
जनकपुरधाम, बैशाख ३१ गते ।

मंगलबार धनुषा र महोत्तरीमा भेटिएका ४ जना कोरोना संक्रमितलाई उपचारका लागि कोरोना विशेष अस्पताल जनकपुर ल्याउन लागिएको छ ।

चारैजनालाई उपचारको लागि जनकपुरमा निर्माण गरेको कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले जानकारी दिए ।

Sponsored

धनुषाको मिथिला नगरपालिका १० लालगढकी २०वर्षीया युवती र जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना भेटिएको छ । यस्तै महोत्तरीको महोत्तरी गाउँपालिका ३ डामीका ३५ वर्षीय पुरुष, स्थानीय १६ वर्षीय किशोर छन् । महोत्तरीका ३५ वर्षीय पुरुष जनकपुरधाममा बस्दै आएका छन् भने १६ वर्षीय किशोर जलेश्वर बस्दै आएको बुझिएको छ ।
संक्रमित भेटिएका क्षेत्रहरुलाई सिल गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगको काम गर्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालय धनुषाका अकास्मिक बैठक बसेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *