TodayPati

एमाले मधेश प्रदेशका नव निर्वाचित पदाधिकारीले लिए सपथ

टुडेपाटी-
जनकपुरधाम, असोज २८ गते ।

 नेकपा एमाले मधेश प्रदेश अधिवेशनाट सर्वसम्मत चयन भएका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । सर्वसम्मत चयन पाँच पदाधिकारीलाई शनिबार राति सपथग्रहण गराइएको हो ।


अध्यक्ष चन्देश्वर मण्डललाई निर्वाचन कमिटीका अधिकृत टीका ध्वज खड्काले सपथ ग्रहण गराएका थिए । अध्यक्ष मण्डलले नवनिर्वाचित प्रदेश कमिटीका उपाध्यक्ष पर्साका विचारी यादव, सचिव बाराका मनोज पौडेल,  उप सचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) लाई सपथग्रहरण गराएका हुन् । यस्तै सर्वसहमतिबाट चयन भएका लेखा समिति अध्यक्ष लक्ष्मिनारायण यादवलाई पनि अध्यक्ष मण्डलले सपथ ग्रहण गराएका छन् ।

Sponsored


प्रदेशक कमिटीका सदस्यहरुको  सपथ दशैंपछि हुने एमालेले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *