TodayPati

सेवा प्रवाह सहज बनाउन बटेश्वर गाउँपालिका र जिप्रका धनुषाको अन्तरक्रिया

टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।

धनुषाको बटेश्वर गाउँपालिकामा जिल्ला प्रशासन र स्थानीय तहमा हुने सेवा प्रवाहको विषयमा अन्तरक्रिया भएको छ । गाउँपालिका कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा शुक्रबार कार्यक्रम भएको हो । अन्तरक्रियामा पालिका, वडा तथा जिल्ला प्रशासनबाटमा हुने सेवा प्रवाहको विषयमा छलफल भएको छ ।

वडा कार्यालयले नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, सामाजिक सुरक्षा भत्ता वितरण लगायतको विषयमा खेप्नु पर्ने समस्या तथा जटिलता वडाध्यक्ष तथा वडासचिवहरुले राखेका थिए । No description available.

Sponsored

त्यस विषयमा प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, जिप्रकाका अधिकृतद्वय बालमुकुन्द शर्मा र निरज श्रीवास्तवले सल्लाह सुझाव तथा जवाफ दिएका थिए ।

सल्लाह सुझावलाई अबलम्बन गरे अघिल्ला दिनमा सेवा प्रवाह सहज हुने विश्वास प्रजिअ पाण्डले गरे । उनले स्थानीय सरकारले शिक्षा, स्वास्थ्यसंगै पछिल्लो समय पढेको लागूपदार्थ दुव्र्यशनमा युवापिढीलाई फस्न नदिन समेत आग्रह गरे । कुनै प्रकारको कानुनी जलिटलता वा समस्याहरु भए जिल्ला प्रशासन हरहमेशा समन्वयको लागि तयार रहेको उनले प्रतिवद्धता जनाए ।

पालिका अध्यक्ष रामअशिष महतोको अध्यक्षता तथा प्रमुख प्रजिअ पाण्डको प्रमुख अतिथ्यमा भएको अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष फुलकुमारी सिंह, प्रशासकीय अधिकृत राजगिर महतो, वडा नं. १ का वडाध्यक्ष अशोक कुमार महतो, २ का वडाध्यक्ष विजय कुमार महतो, वडा नं. ३ का वडाध्यक्ष राममणि कुशवाहा, वडा नं. ४ का अध्यक्ष निरज कार्की र वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादव, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *