TodayPati

धार्मिक द्वन्द भएको सर्लाही र बाँकेका एसपी हेडक्वार्टर तानिए

टुडेपाटी–
काठमाडौं, असोज २६ गते ।

धार्मिक द्वन्द भएको सर्लाही र बाँकेका प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौर र जिल्ला प्रहरी प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेशराज सुवेदीलाई काज सरूवा गरी हेडक्वार्टर तानेको हो।

Sponsored

दुई एसपीको स्थानमा प्रहरी प्रधान कार्यालयले सुवास बोहोरा र प्रवीण धिताललाई जिल्लाको नेतृत्व दिएको छ।

धिताललाई सर्लाही र बोहरालाई बाँके प्रहरी प्रमुखको जिम्मा दिएर काज सरूवा गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए।

सर्लाहीमा मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच झडप हुँदा कर्फ्यु लगाइएको थियो।

Sponsored

बाँकेमा पनि फेसबुक स्टाटसको निहुँमा केही दिनअघि सामाजिक सद्भावमाथि खलल पुग्ने गतिविधि भएको थियो। सुरक्षा चुनौती भएपछि त्यहाँ कर्फ्युसमेत लगाइएको थियो।

यसअघि प्रमुख जिल्ला अधिकारीको समेत सरुवा भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *