TodayPati

बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, करिब सय जना घाइते

एजेन्सी-
जनकपुरधाम, असोज २५ गते ।

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । करिब सय जना घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Sponsored

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।

यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पु¥याइएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *