TodayPati

नेपालीको उद्धारको पहलका लागि परराष्ट्रमन्त्री साउद इजरायल जाँदै

टुडेपाटी–
काठमाडौँ, असोज २४ गते ।

परराष्ट्रमन्त्री एनपी साउद नेपाली नागरिक उद्धारका लागि बुधबार राति इजरायल जाने भएका छन्।

आज राति जाने जहाजमार्फत परराष्ट्रमन्त्री इजनरायल जान लागेका मन्त्री साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले जानकारी दिए।

Sponsored

यद्यपी आज राति इजरायल जाने जहाजले नेपाली विद्यार्थीको शव भने नल्याउने भएको छ।

हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव आज गएको जहाजले नल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्रालयले बुधबार दिउँसो आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता एवं सह सचिव सेवा लम्सालले यसको जानकारी दिएकी हुन्। यो सँगै इजरायलमा रहेका नेपाली विद्यार्थीको शव ल्याउन ढिला हुने भएको छ।

Sponsored

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता लिएर आउने जानकारी दिइन्।

अहिले इजरायल सरकारले नेपाल सरकारलाई नेपाली विद्यार्थीको शव हस्तान्तरण नगरेको लम्सालले जनाइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *