यो रहनै नहुने सरकार हो : केपी ओली
टुडेपाटी-
जनकपुरधाम, असोज २४ गते ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले रहनै नहुने सरकार रहेको बताएका छन् ।
बुधबार एमाले मधेस प्रदेश अधिवेशनमा सहभागी हुन आएका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यो सरकार चौतर्फी रुपमा असफल भएको बताए ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले इजरायलमा भएको घटनाको निन्दा गर्दै त्यहाँ रहेका नेपालीहरुको उद्धारमा सरकारलाई तदारुकता देखाउन आग्रह गरे ।
उनले सरकारले घाइतेहरुको उपचार तथा मृतक परिवारलाई क्षतिपूर्तिमा समेत तदारुकता देखाउन आग्रह गरे ।
कोसी प्रदेशमा मध्यावधि चुनाव हुने प्रश्नमा उनले दुई तीन दिन रुकन आग्रह गरे ।
Sponsored