इजरायलमा नेपालीको मृत्यु भएको शोकमा भोलि राष्ट्रिय शोक मनाइने
टुडेपाटी-
काठमाडौं, असोज २२ गते ।
सरकारले इजरायलमा नेपालीहरूको मृत्यु भएको शोकमा मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।
उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।
Sponsored
यसअघि भुलवस सार्वजनिक बिदा भनेर हुन गएको त्रुटिपूर्ण समाचार सम्प्रेषणका लागि क्षमाप्रार्थी छौं । साथै समाचार सच्याएका छौं– सम्पादक
Alike thik hoeena