TodayPati

वीरगन्जमा निषेधाज्ञा जारी, सेना परिचालन

टुडेपाटी-
वीरगन्ज, बैशाख ३० गते ।

कोरोना भाइरसको जोखिम बढेपछि वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जोखिम बढेकाले अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिए ।

कोरोना संक्रमण थप फैलिन नदिनका लागि स्थानीय प्रशासनले कडा कदम चालेको छ । 

Sponsored

जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र  जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सेना समेत परिचालन गर्ने निर्णय गरेको हो । 

पर्सामा मंगलबार मात्र दुईजना पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण फेला परेको छ । पर्सामा हालसम्म संक्रमित संख्या ६४ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *