TodayPati

अफगानिस्तानमा शक्तिशाली भूकम्प आउँदा २ हजार मानिसको मृत्यु

एजेन्सी–
काबुल, असोज २१ गते ।

अफगानिस्तानमा ६.३ रेक्टरको शक्तिशाली भूकम्प गएको छ।

स्थानीय समयअनुसार शनिबार राति ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । त्यसपछि पनि दर्जनौं पराकम्पन गएका थिए।

Sponsored

एक जना तालिबानी प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था एपीले शनिबार बिहानसम्म मृतकको संख्या २ हजार पुगेको जनाएको छ।

अहिले पनि कैयौं मानिसहरू भत्किएका घरमा च्यापिएका छन्। उनीहरूको उद्धारको प्रयास भइरहेको छ।

भूकम्पमा परी मृत्यु भएकाहरूको शव संकलन गरी अस्पताल, सैनिक शिविरमा राखिएको हेरातको स्वास्थ्य विभागका अधिकारीले बताएका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *