TodayPati

इजरालयको हवाई आक्रमणमा गाजा क्षेत्रमा २३० जनाको मृत्यु, हजार बढी घाइते

एजेन्सी-
जनकपुरधाम, असोज २१ गते ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणपछि इजरायलले जवाफी कारबाही अघि बढाएको छ । इजरायलले राति गाजापट्टी क्षेत्रमा धेरै हवाई आक्रमण गरेको हो ।
बीबीसीको समाचारअनुसार इजरायली कारबाहीमा गाजामा बसोबास गर्ने २३० जनाभन्दा बढीको मृत्यु भएको छ भने हजारभन्दा बढी घाइते भएका छन्।

इजरायलको सेनाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेका गाजापट्टीका विभिन्न सात क्षेत्रका मानिसलाई आफ्नो घर छाडेर सहरको केन्द्र वा आश्रयस्थलमा जान आग्रह गरेको छ।

Sponsored

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ठूलो संख्यामा मानिसहरू आफ्नो घर छाडेर संयुक्त राष्ट्र संघद्वारा सञ्चालित आश्रय गृहमा बस्न थालेका छन्।

गाजाका बासिन्दाले सामाजिक सञ्जालमार्फत त्यहाँको अवस्था जानकारी गराइरहेका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *