TodayPati

इजरेलमा प्यालेस्टिनी आक्रमण : ४० जनाको मृत्यु, केही नेपाली पनि घाइते

बीबीसी
जनकपुरधाम, असोज २० गते ।

प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ।

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

Sponsored

त्यस क्रममा हालसम्म ४० जना इजरेली र केही प्यालेस्टिनीहरू मारिएको खबर आएको छ।

इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ।

इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताए।

Sponsored

उनले भने, “हामी त्यो विवरण सही हो कि होइन र नेपालीको अवस्था के कस्तो छ भनेर बुझिरहेका छौँ। स्थिति अझै सामान्य नभएकाले यकिन कुराहरू आइसकेको छैन।”

त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर “स्रोतहरू सीमित भएकाले” पुष्टि गर्न नसकेको जानकारी दिएको छ।

इजरेलमा नेपालीहरू घाइते भएको र बन्धक बनाइएको भन्ने विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका बीबीसीले थाहा पाएको छ।

उक्त बैठकपछि मन्त्रालयले आधिकारिक विवरण र जानकारी सार्वजिन गर्ने अपेक्षा गरिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *