मधेश प्रदेशः बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टुडेपाटी–
बारा, असोज २० गते ।
बारामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् ।
शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका–८ मा धरानतर्फ जाँदै गरेको प्र १–०–००१ ख ९७९३ नम्बरको बसले ना ६३ प ८४४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकल चालक कोल्हबी नगरपालिका–३ जुगवा बस्ने २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बसको ठक्करबाट मोटरसाइकल उछिट्टिएर अटो रिक्सालाई ठक्कर दिएको थियो।
बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका जितपुर सिमरा–१६ का कुल बहादुर थिङ, सानतेन लामा र निजगढ नगरपालिका–१२ का सुकराम बम्जनको उपचार भइरहेको छ ।
Sponsored
बसका चालक र अटो चालकलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।