बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प
टुडेपाटी–
काठमाडौं, असोज २० गते ।
सुदूरपश्चिम प्रदेशको बझाङमा शनिबार पुनः भूकम्प गएको छ ।
शनिबार बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।
यसअघि शुक्रबार राति बझाङको चैनपुर केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा राति १२ः२३ बजे पुनः चैनपुर केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
Sponsored