जलेश्वरका मेयरको आलोचना गरेपछि युवा बद्रीनाथ झा पक्राउ, साइबरक्राइम मुद्दा लगाइयो
टुडेपाटी-
जनकपुरधाम, असोज १९ गते ।
सामाजिक संजालमा जलेश्वरका मेयरको आलोचना गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
आफ्नोविरुद्धमा समाजिक संजालमा लेखेको भन्दै जलेश्वरका मेयर सुरेश साह सोनारले दिएको जाहेरीको आधारमा झालाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका झामाथि साईबर अपराध कसुर मुद्दा चलाइएको छ । बिहीबार उनलाई महोत्तरी जिल्ला अदालतबाट हिरासतमा राख्ने पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका झा समाजिक संञ्जालमा स्थानीय स्तरमा हुने भ्रष्टाचार, विक्रीति व्यतिथिको उजागर गरिरहन्छन् । मेयरकै आरोचना गरेको आरोपमा उनलाई पक्राउ गरेपछि चौतर्फी विरोध भइरहेको छ ।
Sponsored
sri sri 103 Mayer Sarkar Jindabad . Raja sahab Namskar