TodayPati

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्ध मुद्दा

टुडेपाटी-
जनकपुरधाम, असोज १८ गते ।

सुन्सरीबाट पक्राउ परेका विवास्पद धर्म गुरु श्रीनिवास आचार्यमाथि धनुषामा सार्वजनिक शान्तिविरुको कसुर मुद्दा चलाइएको छ । बुधबार साँझ जनकपुरधाम ल्याइएको उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा उनीमाथि सार्वजनिक शान्तिविरुको कसुर मुद्दा दर्ता गरिएको हो ।

बुधबारदेखि लागु हुने गरी उनीमाथि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

Sponsored

असोज १२ गते जनकपुरधाममा भएको गौहत्याको विरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा सुन्सरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको हो ।

जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *