TodayPati

पहिलाकै विद्यालयमा पढाउन पाउने भए शिक्षक ब्रम्हदेव पासवान

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

बाराका शिक्षक ब्रम्हदेव पासवान पहिलाकै विद्यालयमा पढाउन पाउने भएका छन् । बाराको जीतपुर उपमहानगरपालिकाकाले उनलाई पहिलाकै विद्यालयमा पढाउने व्यवस्था मिलाएको हो ।

सिमराकै नेपाल राष्ट्रिय माविमा अध्यापन गराउँदै आएका प्रावि तहका शिक्षक पासवानलाई गत १८ भदौमा उपमहानगरपालिकाको शिक्षा समितिले दरबन्दी मिलान भन्दै हरपुरको नेपाल राष्ट्रिय माविमा सरुवा गरेको थियो । तर नयाँ विद्यालयले हाजिर गर्न नदिएपछि उनी समस्यामा परेका थिए । असोज ९ गते उनले उपमहानगरपालिका कार्यालयमा गुनासो लिएर पुगेका थिए । सरुवा भएर गएको विद्यालयले हाजिर गर्न नदिएपछि समस्या लिएर उपमहानगरपालिका कार्यालय पुगेका उनाई उपमहानगरपालिकामै हाजिर गर्न लगाइएको थियो ।

Sponsored

शिक्षक पासवान पढाइमा तीक्ष्ण, सिमराकै नेपाल राष्ट्रिय माविबाट एसएलसी उतीर्ण र आर्थिक अवस्था कमजोर भएका कारण व्यवस्थापन समिति र अभिभावकको अनुरोधमा पुरानै विद्यालयमा फर्काइएको उपप्रमुख भोलाप्रसाद अधिकारीले बताए ।

अधिकारीले बताए । पासपानले २०३९ सालदेखि सिमराको नेपाल राष्ट्रिय माविमा पढाउँदै आएका थिए । प्राथमिक द्धितीय श्रेणीका शिक्षक पासवान ०४८ सालमा स्थायी भएका थिए । हाल ५८ वर्ष पुगेका उनको सेवा अवधि जम्मा २ वर्ष छ ।

दिनभरि पालिकामा गएर बस्नुपरेपछि राजीनामा दिने सोँच बनाइरहेकै बेला साविकको विद्यालयमा काम गर्न पाउने भएपछि खुशी लागेको शिक्षक पासवानले बताए ।

Sponsored

‘म शिक्षक हो । पालिका गएर हाजिर गरेर दिनभर बस्नको लागि मैले तलब पाएको होइन । त्यसैले अब म फोकटको तलब खान्न भनेर राजीनामा दिने सोँचमा थिएँ । अब दुई वर्ष शिक्षण गर्छु’, उनले भने ।
सिमराको नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक शंकर आचार्यले उपमहानगरपालिकाको पत्र आएकाले शिक्षक पासवानले विद्यालयमा हाजिर गर्न थालेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *