मधेश प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन गृहमन्त्री श्रेष्ठको निर्देशन
टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मधेश मधेशमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । महोत्तरीको बर्दिबासमा बुधबार बसेको मधेश प्रदेशको सुरक्षा बैठकमा आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखसंग उनले रिर्पोटिंग लिएका थिए ।
बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार रिर्पोटिंग लिएपछि मन्त्री श्रेष्ठले मातहतका सुरक्षा निकायलाई पछिल्लो समय बढेको धार्मिक एवं सम्प्रदायिक सद्भाव भड्काउने कार्य तत्काल नियन्त्रण गर्न निर्देशन दिए । सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान गररी कारबाहीको दायारमा ल्याउन तथा चोरो निकासी नियन्त्रण गर्न उनले निर्देशन दिएका हुन् ।
चाँडबाँडको बेला हुने कृतिम महंगी अनुगमन गरी रोक्न, सरकारी कार्यालयमा सेवा प्रवाह सहज गर्न तथा भ्रष्टाचारी र अपराधीलाई कानुनको दायरमा ल्याएर कारबाही गर्न निर्देशन समेत उनले दिए ।
सुरक्षा निकायका प्रमुखहरुले बैठकमा सामाजिक संजाल धार्मिक तथा सम्प्रदायिक सद्भाव भाड्ने ठूलो अस्त्रको रुपमा प्रयोग भइरहेको सुनाएका थिए ।
भारतमा चुनाव नजिकिएसँगै सीमावर्ती क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसार र भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने उनीहरुको भनाइ थियो । प्रशासन र सुरक्षा संयन्त्रले सबै किसिमका गैरकानुनी गतिविधिलाई प्रत्यक्ष तथा सुक्ष्म निगरानी गरिरहेको र सुरक्षा अवस्थालाई तन्दुरुस्त राखिएको समेत उनीहरुले बताए । त्यस्तै भारतमा नजिकिएको चुनावले सीमावर्ती क्षेत्रमा तनाव बढ्न सक्ने तथा अवैध ओसारपसारले सुरक्षा चुनौती थप्ने उनीहरुको भनाइ थियो । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका अधिकारी लगायत सहभागी थिए ।
Sponsored
सुरक्षा बैठक पश्चात बर्दिबासमै मन्त्री श्रेष्ठको उपस्थितिमा समसामयिक सुरक्षा सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम भएको थियो । त्यस क्रमम पनि मन्त्री श्रेष्ठले सुरक्षा निकायहरुलाई निर्देशन दिएका थिए ।