बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प
टुडेपाटी–
काठमाडौँ, असोज १६ गते ।
बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।
Sponsored