सिरहामा भन्सार छलेर ल्याएको डेढ करोडको कपडा बरामद
टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
सिरहामा शसस्त्र प्रहरीले छापामारी गरी डेढ करोड मूल्यबराबरको तस्करीको कपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छलि अवैध रुपमा भित्र्याएको १ करोड ५६ लाखको कपडा सिरहा नगरपालिका १८, तारापट्टीबाट सशस्त्र प्रहरीले बरामद गरेको हो ।
एक गोठमा लुकाएर राखेको ७८ पोका कपडा बरामद गरको सशस्त्र प्रहरीले जनाएको छ ।
सो कपडा अन्दाजी मुल्य १ करोड ५६ लाख, रहेको प्रहरीको भनाइ छ ।