नेपाल भोली भारतसँग टी–२० खेल्ने
टुडेपाटी–
काठमाडौं, असोज १५ गते ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले भारतसँग पुनः खेल्ने भएको छ । एसियाली खेलकुद प्रतियोगितामा क्वाटरफाइनल प्रतिद्वन्द्वीको रूपमा नेपालले भारतलाई पाएको छ।
समूहचरणमा विश्वकीर्तिमानी इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो।
सोमबार भएको ‘ड्र’मा नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो। सोझै क्वाटरफाइनल पुगेका टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो।
नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा रहन सक्यो।
नेपालले समूह चरणमा माल्दिभ्स र मंगोलियालाई हराएको थियो।
Sponsored
नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार हुनेछ। भारतले एसियाडमा राष्ट्रिय टिममा अनुभव बटुलिसकेका खेलाडीहरूलाई पठाएको छ।
एसिया कपमा भारतविरुद्ध ब्याटिङ गरेको नेपाल दोस्रो पटक भारतसँग भिड्न लागेको हो।