मधेश प्रदेशः १ सय वटा वाकीटकी बरामद
टुडेपाटी–
सप्तरी, असोज १४ गते ।
चोरीपैठारीका १०० वटा वाकीटकी सेट सशस्त्र प्रहरीले सप्तरीबाट बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ८ लाख रुपैयाँ बराबरको वाकीटकी सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट बरामद गरेको हो ।
सेट ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै फरार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको उनले बताए ।
Sponsored