TodayPati

ग्याँसमा सहुलियत दिने सरकारको तयारी

टुडेपाटी-
काठमाडौं, असोज १४ गते ।

नेपाल आयल निगमले ग्यासँको मूल्य बढाएपछि सहुलियत दिने तयारी गरेका छन् ।

निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् ।

Sponsored

आइतबार बिहान निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले थाहै नदिई किन मूल्य बढाएको भन्दै झपारेको बालुवाटार स्रोतले जानकारी दियो ।

जवाफमा थानीले स्वचालित मूल्यप्रणाली लागू गरेको भन्दै त्यहीअनुसार मूल्यवृद्धि गरिएको जवाफ दिएका थिए । प्रधानमन्त्री चाडबाडका मुखमा यसरी एकपक्षीय रुपमा मूल्य बढाउनु राम्रो नभएको जवाफ दिएका थिए ।

प्रधानमन्त्रीले आइतबार आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकले खाना पकाउने ग्याँसमा सहुलियत घोषणा गर्ने पनि प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

Sponsored

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *