फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, ग्यास प्रतिसिलिण्डर २१५ रुपैयाँ वृद्धि
टुडेपाटी-
जकपुरधाम, असोज १३ गते ।
पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।