TodayPati

युनापको अध्यक्षमा पत्रकार मिश्र चयन

टुडेपाटी-
जनकपुरधाम, असोज १३ गते ।

धनुषाको युवा नाट्यकला परिषद् (युनाप) को अध्यक्षमा अनिल मिश्र चयन भएका छन् । युनापको शनिबार सम्पन्न ३९ औं साधारणसभाले मिश्रलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
युनापको ३९ औं साधारणसभाले नेपाल पत्रकार महासंघ धनुषाका पुर्वअध्यक्ष र कान्तिपुर टेलिभिजनका मधेश प्रदेश प्रमुख समेत रहेका मिश्रको अध्यक्षतामा नव कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सुजित मिश्र, सचिवमा नवलकिशोर मिश्र, सहसचिवमा बृषेश मिश्र र कोषाध्यक्षमा दिलिप साहलाई चयन गरिएको छ ।
संस्थाको गरिमालाई अझ उचाइमा पु¥याउन सक्ने आशा एवं भरोसाका साथ नेतृत्वको जिम्मेवारी मिश्रलाई सुम्पेको युनापका संस्थापक एवं पूर्वअध्यक्ष विनोदानन्द मिश्रले बताए ।
युनापको सात सदस्यीय सल्लाहकार समितिका साथै निर्देशकमा रामरेखा पण्डितलाई यथावत राखिएको छ । विरेन्द्र मिश्रको अध्यक्षतामा आयोजित ३९औं साधारणसभाको प्रमुख अतिथि अधिवक्ता विमलकुमार मिश्र र विशिष्ट अतिथि अनिल मिश्र रहेका थिए ।
मैथिली कला साहित्यलाई संरक्षण सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने उद्देश्यले वि.स. २०४१ सालमा स्थापना भएको थियो । युनापलाई मैथिली भाषा, साहित्य, नाट्यकलाप्रति समर्पित अग्रणी संस्थाको रुपमा परिचित छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *