TodayPati

जनकपुरको पार्वती हार्ट सेन्टरद्वारा १८७ बिरामीको निःशुल्क जाँच उपचार

टुडेपाटी-
जनकपुरधाम, असोज १२ गते ।

विश्व मुटुदिवसको अवसरमा जनकपुरको थापाचोक स्थित पार्वती हार्ट सेन्टरले बिरामीको निःशुल्के मुटु जाँच शिविर सम्पन्न गरेको छ । सेन्टरका संचालक समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामकिशोर साह र उनका पुत्र मुटुरोग विशेषज्ञ निश्चल साहले मुटुका बिरामीलाई निःशुल्क जाँच तथा उपचार गरेका हुन् ।

सो अवसरमा १८७ जना बिरामीको निःशुल्क जाँच तथा उपचार गरिएको सेन्टरका म्यानेजर विजय कुमार कामतीले जानकारी दिए । उनका अनुसार शिविरमा बिरामीहरुको निःशुल्क ईसिजी, इक्को र रगत जाँच गर्नुको साथै औषधि समेत प्रदान गरिएको हो ।

Sponsored

सेन्टरका संचालक समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. साहले खानपान तथा जीवनशैलीमा हेलचक्र्याई गर्दा मुटुरोगीको संख्या बढ्दै गएको बताए । धुम्रपान तथा मध्यमान गर्ने व्यक्तिमा मुटुरोगको संक्रमणको जोखिम बढी रहेको उनको भनाइ छ । धुम्रपान तथा मध्यपान नगर्न उनको सुझाव छ ।

उनका अनुसार विरामी हुँदा मानिसले विशेषज्ञको सल्लाहविनै मनपर्दी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्यमा झनै जोखिम बढ्दै गएको छ । मुटुरोग हुनबाट बच्न तथा लागेपनि खानपान तथा जीवनशैलीमा परिवर्तन गरे त्यसबाट बच्न सकिने उनले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *