TodayPati

सप्तरीको शम्भुनाथ नपाका मेयर गुप्ता र इन्जिनियर भ्रष्टाचारी ठहर

शुभ नारायण यादव-
सप्तरी , असोज १२

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको इजलासले उनीसहित नगरपालिकाका इन्जिनियर रामचन्द्र साहलाई पनि दोषी ठहर गरेको हो ।

दबुैजनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको थियो । इन्जिनियर साहको बयान र मेयर गुप्ताको घूस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए । अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका थिए ।

Sponsored

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयूक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर गर्दै दुबैलाई ६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रबक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *