TodayPati

पाकिस्तानमा भएको आत्मघाती हमलामा ५२ जनाको मृत्यु

एजेन्सी-
काठमाडौं, असोज १२ गते ।

पाकिस्तानमा भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

द डन समाचार पत्रका अनुसार शुक्रबार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै  सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

Sponsored

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *