TodayPati

मधेश प्रदेशः जसपाका बहुमत सदस्यले हटाए जिल्ला अध्यक्ष

टुडेपाटी–
पर्सा, असोज ११ गते ।

जनता समाजवादी पार्टी नेपाल पर्सामा बहुमत सदस्यले जिल्ला अध्यक्षलाई हटाएका छन् ।

जसपा जिल्ला समितिका बहुमत सदस्यले जिल्ला अध्यक्ष रामनरेश यादवलाई हटाएर बहुदरामाइ नगरपालिकाका मेयर सिंहासन साह तेलीलाई अध्यक्ष बनाएका छन् ।

Sponsored

बुधबार बसेको जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।

चार वर्षसम्म पार्टीको जिल्ला अध्यक्ष हुँदा अधिवेशन गराउन नसकेको, अध्यक्ष भएर आएपछि जिल्लामा पार्टी कमजोर भएको, जिल्लाका नेताहरुले पार्टी छाडेर अन्य पार्टीमा प्रवेश गर्दै गरेको कारण देखाउँदै यादवलाई हटाइएको जसपाका नेता एवं वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले बताए ।

उनले रामनरेश यादव पार्टीको अध्यक्ष भएदेखि जसपा आरोलो लागेको तैपनि ध्यान नदिएको आरोप लगाए ।

Sponsored

अध्यक्षबाट हटाइएका रामनरेनश यादवले भने आफूमाथि जिल्ला समितिले गरेको भनिएको निर्णय फर्जी भएको बताए ।

उनले भने, ‘जिल्ला समितिले मलाई हटाइएको भनिएको निर्णय फर्जी हो ।’ जिल्ला समितिको बैठक बोलाइएको तर त्यो बैठकको बारेमा आफूलाई नै थाहा नरहेको उनले बताए ।

यादवले पार्टीभित्रका केही बर्चस्वशाली व्यक्ति भेला भई गरेको यो निर्णयको कुनै अर्थ नरहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *