मधेश प्रदेशः जलाउन लागेको अवस्थामा युवतीको शव बरामद, ३ जना पक्राउ
टुडेपाटी–
सर्लाही, असोज ११ गते ।
सर्लाहीमा प्रहरीले जलाउन लागेको अवस्थामा युवतीको शव बरामद गरेको छ ।
रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पंजियारले बताए ।
मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रवक्ता पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ ।
यता प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ ।
Sponsored