बाराको जंगलमा रुखमा झुण्डिएको अवस्थामा सडेगलेको लास
टुडेपाटी-
जनकपुरधाम, असोज १० गते ।
बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार साँझ १५ बजेको समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो ।
सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय प्रहरी कार्यालय सिमराले जनाएको छ ।
मृतक लाशको शरीरमा बैजनी रंगको सर्ट, सो सर्टको गोजीमा गुलाबी रंगको पेन र बाँया हातको नाडीमा कालो प्सलाष्र्टटिकको फिता भएको घडी लगाएको छ ।
सोही हातमा कालो रंगको पछाडी भिड्ने झोला रहेको सो झोलामा केही नभई खाली रहेको सर्ट भित्र कालो स्यानडो लगाएको, तल कालो पाईन्ट लगाएको सो पाईन्टको पछाडीको गोजीमा कलेजो रंगको पर्स र सो पर्समा सुदिर कुमार लामा लेखिएको भु.पु सैनिक सुरक्षा गार्डको परिचय रहेकोको प्रहरीले जनाएको छ । यस्तै रातो बुट्टेदार कट्टु लगाएको दुबै खुट्टामा कालो कपडाको जुत्ता लगाएको सो लाश भन्दा एक फिट पुर्व भुईमा रातोमा बुट्टा भएको ढाका टोपि रहेको छ । हालसम्म शवको पहिचान हुन नसकेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Sponsored