TodayPati

इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सयको मृत्यु, १ सय ५० घाइते

एजेन्सी–
काठमाडौँ, असोज १० गते ।

इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ ।

घटनास्थलमा अहिले पनि उद्धार टोली खटिए छ भने आगलागीको कारण सार्वजनिक भएको छैन ।

Sponsored

इराकको निनेभे प्रान्तस्थि काराकोस जिल्लाको उक्त घटनामा १ सय ५० जना घाइते भएको त्यहाँका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

इराकको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

स्थानीय समय अनुसार मंगलबार राति १० बजेर ४५ मिनेटमा आगलागी सुरु भएको हो ।

Sponsored

यद्यपि स्थानीय अधिकारीहरूले घाइतेकको संख्याबारे मिश्रित तथ्यांक दिएका छन् । आगलागीबाट नवविवाहित जोडी पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहको पार्टी भइरहेको ब्यांक्वेट हलमा आगलागी छोटो समयमै फैलिएको थियो ।

इराकी रेड क्रिसेन्टले भने ४ सय ५० भन्दा धेरैको हताहत भएको तर कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक सार्वजनिक गर्न कठिन रहेको जनाएको छ ।

घटनापछि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले विज्ञप्ति जारी गर्दै पीडितको उद्धारका लागि सम्पूर्ण उद्धारका प्रयास परिचालन गर्न गृह र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *