राष्ट्रपति पौडेलद्वारा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन
टुडेपाटी-
जनकपुरधाम, असोज ८ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गरेका छन् ।
२०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।
भौतिक योजना तथा निर्माण मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागबाट अन्तर्गत एन। सी। सी। एन। निर्माण कम्पनीबाट यो भवन निर्माण गरिएको हो ।
२ विघा १५ कठा क्षेत्रफलमा फैलिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र परिसर भित्र विभिन्न समयमा विभिन्न चरणमा प्रतिष्पर्धात्मक बोलपत्र आह्वानमार्फत पुस्तकालय भवन, संग्रहालय ब्लक, कम्पाउण्ड वाल, पार्किंग, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, २०० जना क्षमताको कन्फरेन्स हल र ६०० जना क्षमताको सांस्कृतिक सभा हल लगायतका संरचनाहरु निर्माण भएको हो । संकृति केन्द्र सांस्कृतिक अध्ययनको केन्द्र उदेश्यले निर्माण गरेको स्वर्गीय निधिका छोरा काँग्रेस पूर्व उपसभापति बिमलेन्द्र निधिले बताए ।
यसै भवनमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेलको लागि नागरिक अभिनन्दन कार्यक्रम आयोजन गरेको छ ।
यसअघि राष्ट्रपति पौडेल जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका थिए ।
Sponsored